सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १४:०७ |सिड्नीको समय: १२:०७ |काठमाडौंको समय: ०७:५२

अष्ट्रेलियामा नेपालीले खरिद गरे आठ अर्ब ८२ करोडको घरजग्गा !

एएनजेड खबरडिसेम्बर २, २०२३

काठमाडौं । अध्ययनका लागि विदेश जाने नेपालीहरुको रोजाइमा अष्ट्रेलिया पहिलो नम्बरमा पर्छ । क्यानाडा, अमेरिका, बेलायतलगायत ७० बढी देशका लागि विद्यार्थीले एनओसी लिने गरेका छन् । ०७९/८० मा सबैभन्दा धेरै ३३ हजार नौ सय ९१ ले अस्ट्रेलियाको एनओसी लिएको शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक छ ।

जति धेरै विद्यार्थी अध्ययनका लागि विदेश गइरहेका छन, उसैगरी नेपाली रकम विदेश पलायन भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ०७९/८० मा मात्रै यसरी एक खर्ब ४२ करोड रुपैयाँ बिदेसिएको छ ।

विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । तर विदेशमै बसेका नेपालीले सम्बन्धीत देशमा कति लगानी गरिरहेका छन भन्ने कुनै लेखाजोखा छैन । यद्यपी, नेपालकै सम्पत्ति बेचेर विदेशमा घरजग्गा, गाडी खरिद गर्ने गरेको खबरहरु पनि सार्वजनिक भइरहेका छन् ।

पछिल्लो समय अष्ट्रेलियामा निजी घरजग्गामा नेपालीहरुले लगानी गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियाको अर्थ मन्त्रालय स्रोतका अनुसार गत आर्थिक बर्षमा आठ अर्ब ८२ करोड नेपाली रुपैंयाँ बराबरको घरजग्गा खरिद गर्न खर्च गरेको पाइएको छ । अस्थायी भिसामा रहेका नेपालीहरुले उक्त लगानी गरेको बुझिएको छ । मन्त्रालयको तथ्यांक अनुसार अष्ट्रेलियामा घर किन्ने विभिन्न मानिसहरुको सूचीमा नेपालीहरुको नाम १०औं नम्बरमा छ ।

अष्ट्रेलियाको पीआर र नागरिकता लिइसकेकाहरुका हकमा यस्तो लगानीलाई बैदेशिक लगानी भनिदैन तर अस्थायी भिसामा रहेका नेपालीहरुले गरेको उक्त लगानी विदेशी मुद्राका रुपमा चिनिन्छ । तर उक्त रकम कसरी भित्रियो भन्ने विषयमा ब्यापक बहस भइरहेको छ । कतिपयले उक्त रकम गैर कानूनी रुपमा नेपालबाट भित्रिएको अनुमान गरेका छन भने सबै रकमलाई गैर कानूनी भन्न नसकिने कतिपयको दाबी छ ।

लगानीको अभावमा नेपालभित्र घरजग्गा कारोबार सुस्ताइरहेको बेला अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले ठूलो लगानी गरेको यस्तो तथ्यांकलाई आश्चर्यजनक रुपमा हेरिएको छ । अष्ट्रेलियाको विदेशी लगानी नियामक निकाय ट्रेजरी डिपार्टमेन्टले पनि नेपालीहरुले घरजग्गामा लगानी बढाइरहेको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । आर्थिक वर्ष सन् २०२१/२२ मा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले ०.१ अर्ब डलर (१० करोड डलर) लगानी गरेका थिए ।

जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घर-जग्गा व्यवसायमा नपालीहरुले २० करोड डलर लगानी गरेका थिए । उक्त एक वर्षको अवधिमा अष्ट्रेलियाको घर-जग्गा व्यवसायमा सातौं ठूलो लगानी नेपालीहरुको थियो ।

तपाइँको प्रतिक्रिया