सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०८:५५ |सिड्नीको समय: ०६:५५ |काठमाडौंको समय: ०२:४०

भब्य समारोहबीच कतारमा एमबिएल रेमिट शुरु

एएनजेड खबरडिसेम्बर २, २०२३

दोहा । कतारमा एमबिएल रेमिट शुरु भएको छ । कतारमा रहेका नेपालीहरु माझ शनिबारबाट शुरु भएको रेमिटले एक कार्यक्रम गरी आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो ।

नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुलाई समेट्दै माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यवसाय संयोजक सुजन सापकोटाले सेवा शुभारम्भको घोषणा गरेका हुन् । अलफरदान एक्स्चेन्जसंगको आपसी सम्झौतामा रेमिटले आफ्नो सेवा शुभारम्भ गरेको सापकोटाले जानकारी गराएका हुन ।

बिगत २३ बर्षदेखि पश्चिमाञ्चल को ‘क’ बर्गको माछापुच्छ्रे बैंकले मध्यपुर्वका चारवटा देशमा आफ्नो रेमिट बिस्तार गरेको हो । सबै नेपालीले छिटो र सरल तरिकाले आफ्नो घरमा आफ्नै नेपाली बैंक मार्फत पैसा पठाउने माध्यमका रुपमा एमबिएल रेमिटलाई कतारमा ल्याइएको हो ।

माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत निरन्तर पैसा पठाउने श्रमिकलाई नेपालमा १० लाखसम्मको व्यवसायीक कर्जा सहुलियत दिईने पनि सापकोटाले जानकारी दिए । निरन्तर ५ महिनासम्म एमबिएल रेमिट मार्फत नेपाल पैसा पठाउने श्रमिकले २ लाखसम्मको क्रेडिड कार्ड पाउन सक्नेछन ।

उक्त क्रेडिड कार्ड नेपालमा रहेको परिवारले प्रयोग गर्न पाउनेछन । माछापुच्छ्रे बैंकमा खाता खोलेका र विदेशमा रहेका व्यवसायीहरूलाई १५ हजार अमेरिकी डलर बराबरको डलर कार्ड सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।

संयोजक सापकोटाले कतारमा रहेका श्रमिकहरु विच बैंकिङ ज्ञान संगै रेमिट को एप्लिकेसन प्रयोग लगायतका विषयमा क्याम्पियन गरिने पनि बताए । कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ, नेपाल व्यवसायी संघ , बैचारिक संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुले रेमिट शुभारम्भको अवसरमा शुभकामना दिएका थिए ।

तपाइँको प्रतिक्रिया