शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: १८:५२ |सिड्नीको समय: १६:५२ |काठमाडौंको समय: १२:३७

जनसम्पर्क समिति पश्चिम् अस्ट्रेलियाको ‘शुभकामना आदानप्रदान तथा बार्विक्यू’ भब्य

एएनजेड खबरजनवरी ३१, २०२४

सिड्नी । विचार र भावना मिल्नेहरुबिच भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले नेपाली जनसम्पर्क समिति पश्चिम् अस्ट्रेलियाले ‘शुभकामना आदानप्रदान तथा बार्विक्यू’को आयोजना गरेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर नेपाली काङ्ग्रेस दाङ कार्यसमिति सदस्य पदमा चौधरीको प्रमुख आतिथ्य एवम काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि रामप्रसाद खनालको विशेष उपस्थितिमा २८ जनवरी आइतबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती पश्चिम अस्ट्रेलियाका संस्थापक सभापति निल थपलिया, संस्थाका सल्लाहकार दिनेश कार्की र पर्थ नेपाली समुदायका अग्रज एकराज राई, एनआरएनए पश्चिम् अस्ट्रेलियाका संयोजक शेखर घिमिरे, पूर्वसंयोजकद्वय कृष्णमान श्रेष्ठ, दिपक बस्नेतसहित शुभेच्छुकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत २८० जनाको उपस्थिति थियो ।

नवीन भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अथिति चौधरी, एनआरएनए पश्चिम् अस्ट्रेलियाका संयोजक शेखर घिमिरे, ओएनफका सचिब गोपाल घिमिरे, युवा अध्यक्ष कुल अधिकारीलागयतका सहभागीहरुले शुभकामना मन्तब्य राखेका थिए ।

नेपाली जनसम्पर्क समिति पश्चिम् अस्ट्रेलियाका सभापति राजेश बुढाथोकीको सभापतित्वमा सम्पन कार्यक्रम संचालनल नेपाली जनसम्पर्क समिति पश्चिम् अस्ट्रेलियाका कार्यसमिति सदस्य सन्तोष भट्टले गरेका थिए । उक्त कार्यक्रमको माध्यमबाट नेपाली समुदायबिच भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको आयोजकको दाबी छ ।

तपाइँको प्रतिक्रिया