शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: १८:०८ |सिड्नीको समय: १६:०८ |काठमाडौंको समय: ११:५३

नेपाल–क्यानडा एक दिवसीय सिरिजमा नेपालको ‘क्लीन स्वीप’

एएनजेड खबरफ्रेब्रवरी १२, २०२४

काठमाडौं । क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडामाथि ९ विकेटको जित निकालेको हो ।

यसअघि पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको नेपालले सिरिज ३-० ले क्लिन स्वीप गरेको हो । क्यानडाले जितका लागि दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग-यो । नेपालको जितमा अनिल शाहले १ सय १२ र भीम सार्कीले १ सय १ रनको शतकीय पारी खेले । यस्तै, कुशल भुर्तेलले १३ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रन बनाएको थियो । क्यानडाका नवनीत धलिवालले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, निखिल दत्तले ४५, साद बीन जाफरले ३१, हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ तथा श्रीमान्थ विजेरत्नले २२ रन जोडे ।

नेपालका डेब्यू खेलाडी हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । यस्तै, कुशल मल्लले दुई तथा ललित राजवंशी र अकाश चन्दले एक/एक विकेट लिए ।

तपाइँको प्रतिक्रिया