सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०८:०५ |सिड्नीको समय: ०६:०५ |काठमाडौंको समय: ०१:५०

चारवटै प्रस्ताव पारित गर्दै कांग्रेस महासमिति बैठक सकियो

एएनजेड खबरफ्रेब्रवरी २२, २०२४

गोदावरी । नेपाली कांग्रेसको महासमिति बैठक समापन भएको छ । गोदावरीमा फागुन ७ देखि चलेको बैठक समापन भइरहेको हो ।

कांग्रेसको गोदावरीमा भएको महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

तपाइँको प्रतिक्रिया