सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १४:३७ |सिड्नीको समय: १२:३७ |काठमाडौंको समय: ०८:२२

अवैध रुपले अमेरिका पुगेका आठ नेपाली चार्टर विमानमा नेपाल ल्याइयो

एएनजेड खबरफ्रेब्रवरी २३, २०२४

काठमाडौं । अवैध तवरले अमेरिका पुगेका आठ जना नेपालीलाई स्वदेश आइपुगेका छन् । उनीहरु बोकेर आएको अमेरिकी चार्टर उडानको विमान अपरान्ह ४ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको बताइएको छ ।

विभिन्न मुलुक हुँदै अवैधानिक रुपले अमेरिकाको विभिन्न राज्यमा प्रवेश गरेका उनीहरुलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले पक्रेको थियो । त्यसपछि ट्राभल डकुमेन्ट बनाएर ती सबैलाई चार्टर उडानमा छ जना अमेरिकी अधिकारीहरुले ल्याएका हुन् ।

अमेरिकी अधिकारीहरुले विमानस्थलमा नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोका प्रतिनिधिहरुलाई बुझाइएकामा अशोक छन्त्याल, छिरी शेर्पा, दिपेन्द्र अदाई, द्रोण अधिकारी हुन् । त्यसैगरी गणेश बोहरा, निमा शेर्पा, नयेन्द्र पुन र राजु बानियालाई पनि अमेरिकाले काठमाडौंमा ल्याएर सुपुर्दगी गरेको हो ।

तपाइँको प्रतिक्रिया