शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: १७:५९ |सिड्नीको समय: १५:५९ |काठमाडौंको समय: ११:४४

दुर्गा प्रसाईंको नाममा रहेको हतियारबारे छानविन हुने

एएनजेड खबरमार्च २९, २०२४

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् ।

गृहमन्त्री लामिछानेले गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समति गठन गरेका हुन् । समितिमा गृहका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।

गत चैत ५ गते सर्वोच्च परिसरमा प्रसाईंका सहयोगी दीपक खड्का र राजकुमार धितालका साथबाट अर्धस्वचालित हतियार र सय गोली फेला परेको थियो ।

खड्का र धिमाललाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको बेला सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गर्दै इजाजतपत्र दिन नहुने हतियारलाई इजाजत दिएको विषयमा छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् ।

तपाइँको प्रतिक्रिया