आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०४:५२ |सिड्नीको समय: ०२:५२ |काठमाडौंको समय: २२:३७

श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा

एएनजेड खबरअप्रिल २६, २०२४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताएका हुन् ।

बैठकमा बोल्दै उनले श्रम स्वीकृती प्रदान गर्ने कार्य एक घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एक घण्टामा दिँदा प्रक्रिया नपु¥याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए ।

मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे । उनले एक घण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने दुई मिनेट ४४ सेकेण्डमै दिने गरिएको दाबी गरे । उनले सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहिएको बताए ।

तपाइँको प्रतिक्रिया